• ८ मंसिर २०८२, सोमबार

कसरी खेलिन्छ दृष्टिविहीन क्रिकेट

blog

नेपाल दृष्टिविहीन महिला क्रिकेट टोली ।

काठमाडौँ, मङ्सिर ८ गते । दृष्टिविहीन खेलाडीलाई तीन समूह बी वान, बी टु र बी थ्रीमा विभाजन गरिन्छ । बी वानमा पूर्ण रूपमा दृष्टिविहीन, बी टुमा अलि अलि दृष्टिले कमजोर (पाँच मिटर टाढा नदेख्ने) र बी थ्रीमा (बिस मिटर टाढा नदेख्ने) अल्पदृष्टिविहीन हुन्छन् । हरेक टिमले तिनै प्रकारका खेलाडीलाई मैदानमा उतार्नु पर्छ । चार खेलाडी पूर्ण रूपमा दृष्टिविहीन हुनु पर्छ ।

आवाज आउने बल हुन्छ । बलरको बलिङ गर्ने एक्सन पनि फरक हुन्छ । बलरले पिचमा गुडाएर बज्ने बल फ्याँक्ने गर्दछ । आवाज सुनेपछि ब्याट्सम्यानले प्रहार गर्छन् । बी १ ब्याटरका लागि रनको प्रयोग गरिन्छ । बी १ ले बनाएका प्रत्येक रन दुई रन मानिन्छ ।