• ७ मंसिर २०८२, आइतबार

प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा

blog

प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा सहभागी शीर्ष नेता ।तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, मङ्सिर ७ गते। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पूर्वमन्त्री राम कार्की,  पूर्वमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री सुदन किराती, सन्तोष परियारलगायतको प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा गर्नुभएको छ। 

आइतबार काठमाडौँमा विशेष कार्यक्रम गर्दै नयाँ पर्टी घोषणा भएको हो। ‘विचारसहितको विकल्प, समाधानमुखी संकल्प’ नारासहित यो पार्टी घोषणा भएको हो। 

पार्टीलाई संयुक्त अध्यक्ष मण्डल बनाएर नेतृत्व गर्ने बताइएको छ। पार्टीमा १५१ केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ। यो पार्टीमा पूर्व प्रधानमन्त्री भट्टराई संरक्षक रहनुहुनेछ भने नेता शर्मा र कार्की नीति परिषद्मा रहनेछ।