विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ७ गते । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक व्यक्तिको शङ्कास्पद मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका वडा नं. ७ मियाबारीमा रेखाखोला नजिक सोही पालिकाको वडा नं. ६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शव शङ्कास्पद अवस्थामामा फेला परेको हो । शनिबार राति ११ बजे शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
परिवार तथा आफन्तले शव सनाखत गरेपछि पोष्टमार्टमका लागि कोशी प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । प्रवक्ता खड्काका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान गर्ने क्रममा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ४८ वर्षीय पुरन चौधरी ३२ वर्षीय श्याम चौधरी छन् ।