शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ६ गते । सिनियर विश्व कराते च्याम्पियनसिपको २७औँ संस्करणमा नेपालका दुई महिला कराते खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालकी एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
नेपाली टोलीको अफिसियलमा नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहनुभएको छ ।
तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठपनि टोलीसँगै इजिप्ट जानुहुनेछ । नेपाली टोली आइतबार इजिप्ट जानेछ ।