• ६ मंसिर २०८२, शनिबार

बाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

blog

काठमाडौं, मङ्सिर ६ गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाग्मती करिडोलाई  सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिनुभएको छ । 

आज बिहान बाग्मती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उहाँले बाग्मती  करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिनुभएको हो । 

मन्त्री घिसिङले नदी सफा भए मात्र शहर सफा हुने भन्दै बाग्मतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमिकताका साथ हटाइने बताउनुभयो । 

नदीको सबै फोहोर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । रासस