• ३ मंसिर २०८२, बुधबार

भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु

blog

हनोई (भियतनाम), मङ्सिर ३ गते । भियतनामको “खान हो” प्रान्तमा बाढी र पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको स्थानीय मिडियाले बुधबार जनाएका छन् ।

“खान ले” पासमा पहिरो जाँदा छ जनाको मृत्यु भएको छ भने “खान सोन” पासमा गएको पहिरोमा अर्को एक जनाको मृत्यु भएको जनाइएको छ । पुल पार गर्दा बाढीको पानीले बगाएर अन्य तीन जनाको मृत्यु भएको बताइएको छ ।

“खान हो” प्रान्तका १४ वटा कम्युन र वार्डमा करिब नौ हजार घर डुबानमा पर्नुका साथै पाहाडी क्षेत्रमा गएको ठुलो पहिरोका कारण यातायात अवरुद्ध भएकाले प्रभावित क्षेत्रका जनताको उद्धार तथा सुरक्षालाई खतरामा पारेको जनाइएको छ । बुधबारसम्म बाढी प्रभावित क्षेत्रबाट छ हजार ५०० भन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सथानान्त्रण गरेको जनाइएको छ । रासस/सिन्ह्वा