• ३ मंसिर २०८२, बुधबार

स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड फिफा विश्वकपमा छनोट

blog

काठमाडौँ, मङ्सिर ३ गते । स्पेन, बेल्जियम र स्विट्जरल्यान्ड सन् २०२६ को फिफा विश्वकपमा छनोट भएका छन् । 

युरोपेली छनोटअन्तर्गत मङ्गलबार राति भएको खेलमा स्पेनले टर्कीसँग २–२ गोलको बराबरी खेल्दै विश्वकपमा स्थान बनाएको हो ।

जितसँगै समूह समूह ‘इ’ रहेको स्पेन ६ खेलबाट १६ अङ्क जोड्दै शीर्षस्थानमा रह्यो । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली स्पेनका लागि ड्यानी ओल्मो र माइकल ओयार्जबलले गोल गर्नुभयो ।

टर्कीका लागि डेनिज गुल र सालिह ओज्कानले गोल गर्नुभएको थियो । सन् २०१० को फिफा विश्वकप च्याम्पियन स्पेनले लगातार १३औँ र समग्रमा १६औँ पटक विश्वकपमा स्थान बनाएको हो ।

यस्तै समूह ‘जे’ को अर्को खेलमा बेल्जियमले लिक्टेनस्टाइनलाई ७–० गोलले हराउँदै विश्वकपको यात्रा तय गरेको हो ।

एकपक्षीय खेलमा बेल्जियमलाई जिताउन जेरिमी डोकु र चार्ल्स डी केटेलेरले दुई दुई तथा हान्स वानाकेन, ब्रान्डन मिचेल र एलेक्सिस सेलेमेकरले एक एक गोल गर्नुभयो । जितसँगै आठ खेलबाट १८ अङ्क बनाएको बेल्जियम शीर्षस्थानमा रह्यो । 

यस्तै समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले कोसोभोलाई १–१ गोलको बराबरीमा रोक्दै विश्वकपमा स्थान बनाउन सफल भयो । समूहको शीर्षस्थानमा रहेको स्विट्जरल्यान्ड लगातार छैटौँ पटक विश्वकपमा पुगेको हो । एजेन्सी