• २ मंसिर २०८२, मङ्गलबार

एनपिएल : विराटनगरले पोखरालाई दियो २२१ रनको चुनौतीपूर्ण लक्ष्य

blog

रन जोडेपछि ओपनर लोकेश बम र मार्टिन गुप्टिल । तस्बिर : एनपिएल

काठमाडौँ, मङ्सिर २ गते । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई दुई सय २१ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार साँझ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २० रन बनायो । यो एनपिएल कै सर्वाधिक ठुलो योगफल हो । 

विराटनगरका लागि ओपनर लोकेश बम र मार्टिन गुप्टिलले अर्धसतकीय पालि खेल्नुभयो । लोकेशले ४८ बलमा एक चौका र सात छक्काको सहयोगमा सर्वाधिक ७२ रन बनाउनुभयो ।

मार्टिन गुप्टिलले ६१ रन बनाउनुभयो । गुप्टिलले ३५ बलमा तीन चौका र पाँच छक्का हान्नुभयो । यस्तै शुभम् रन्जनेले ३८, बसिर अहमदले २३, नारायण जोशीले अविजित ११ र जर्ज मुन्सीले १० रन बनाउनुभयो ।

बलिङमा पोखराका म्याट टेलरले दुई तथा सागर ढकाल, कुशल भुर्तेल र आकश चन्दले एक एक विकेट लिनुभयो ।