• ३० कात्तिक २०८२, आइतबार

मेडिकल काउन्सिलको उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी

blog

फाइत तस्बिर ।

काठमाडौँ, कात्तिक ३० गते । आगमी पुसमा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। 

आइतबार सम्पन्न भएको उम्मेद्धारहरुको मनोनयनमा  उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो।

उपाध्यक्षका लागि डा.कालुसिंह खत्री, डा.कुन्जाङ शेर्पा, डा.गुरुशरण साह र डा.अजयसिंह थापाको उम्मेदवारी परेको काउन्सिलले जनाएको छ।  

यस्तै, आठ सदस्य पदका लागि ३३ जनाको उम्मेद्धारी परेको छ ।

काउन्सिलले काठमाडौँ उपत्यका बाहिर पुस ५ र ६ गते र उपत्यका भित्र पुस  ११ र १२ गते निर्वाचन गर्ने तयारी गरेको छ ।