• ३० कात्तिक २०८२, आइतबार

औषधी आयातमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री खनाललाई मियानको ध्यानाकर्षण

blog

अर्थ मन्त्री रामेश्वरप्रसाद खनालसँग भेट गर्दै मियानका प्रतिनिधि ।

काठमाडौँ, कात्तिक ३० गते । नेपाल औषधी आयातकर्ता संघ (मियान)को प्रतिनिधिले आइतबार अर्थ मन्त्री रामेश्वरप्रसाद खनालसँग भेट गरेका छन् । 

संघका अध्यक्ष पवन आचार्यको नेतृत्वमा गएको प्रतिनिधिले औषधी आयातका क्रममा आयातकर्ताले भोग्नु परेका भन्सारसँग सम्बन्धित नीतिगत विषयमा छलफल गर्दै केही मुख्य विषयमा ध्यानाकर्षण  गराएका थिए ।

भेटमा औषधी आयातका सन्दर्भमा देखिएका समस्याका बारेमा अवगत गराएको संघका अध्यक्ष पवन आचार्यले जानकारी दिनुभयो । 

उहाँ भन्नुहुन्छ, “खरीद बिलको वास्तविक मूल्यामा भन्सार कर निर्धारण गर्नुपर्ने र अघिल्ला सरकारले केही औषधी तथा औषधीजन्य वस्तुमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने प्रमुख माग राखेका छौँ । अर्थमन्त्री मन्त्री खनालले समाधान गर्ने आश्वासन दिनुभयो ।” 

अर्थ मन्त्री खनालसँग भेट गर्न अध्यक्ष आचार्य, मियानका सल्लाहकार श्रीविन्दुलाल राजभण्डारी, मियान महासचिव मधु पौडेल, कोषाध्यक्ष सन्दीप खनाल, सदस्य सितोस शाह लगायतका व्यवसायी पुगेका थिए ।