• २८ कात्तिक २०८२, शुक्रबार

घर अगाडिकोे नालीमा डुबेर बालकको मृत्यु

blog

नारद कोहार

तौलिहवा (कपिलबस्तु), कात्तिक २८ गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. ६  सेमरीमा भर अगाडिको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहले  मृत्यु हुनेमा सेमरीका अनोहर हुसेनका एक वर्ष ३ महिनाको आकिब मुसलमान रहेको बताउनुभयो ।  

डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक सिंहको भनाई छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कपिलबस्तु नगरपालिका वडा नं. ६ को सेमरी, बेलासपुर, थुम्हवा, रुधौला लगायतको गाँउमा बाटोको किनारमा निर्माण गरिएको नालीमा ढक्कन लगाइएको छैन ।