• २८ कात्तिक २०८२, शुक्रबार

बेरोजगारीले रित्याउँदै बाजुराका गाउँ

blog

कामको खोजीमा भारत जाँदै गरेका नेपाली । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, कात्तिक २८ गते । बेरोजगारीका कारण अहिले बाजुराका अधिकाशं गाउँ बस्ती रित्तिदै गएका छन् । 

गाउँमा केही काम नमिलेको भन्दै यती बेला यहाँका स्थानीयहरु दिनानुदिन कामको खोजीमा धमाधम भारतमा जान थालेपछि गाउँ रित्तिन थालेको हो । 

यसअघि भारतको नौकरी गर्दै आएको थिए । अहिले पनि भोको पेट पाल्नकै लागि कामको खोजीभा भारतमा जान लागेको  बुढीगंगाका स्थानीय श्याम विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पढे लेखेकालाई त गाउँमा केही रोजगार छैन् । म जस्ता नपढेकालाई त के नोकरी पाइन्छ । मेरो बुवाले पनि भारतमै नोरी गरेर हामीलाई पाल्नुभयो । अहिले म पनि भारतमै नोकरी गरेर घर धानिरहेको छु ।’’

पहिले भन्दा अहिले गाउँमा केही गरि खाने काम मिल्छ भन्ने थियो । तर अहिले नै गाउँमा केही नमिलेपछि जिवनभर भारतकै भरमा परिवार पाल्नु परेको विकले बताउनुभयो ।

बाजुराका अधिकाशं स्थानीयहरुको भारतकै भरमा घरमा गुजारा चल्छ । यहाँका युवा युवतीहरु प्राय घरमा बालबच्चा छोडेर नौकरी गर्न भारतमै जाने गर्छन् । पहिला कात्तिक मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउँने समय गाउँ आउने र त्यसपछि फेरि उनीहरु कामको खोजीका लागि भारतका विभिन्न ठाउँमा जाने गथ्र्ये ।

तर अहिले स्थानीयहरुको खेतीपातीमा खासै चाँसो छैन् । भारु नोटको मोहले उनीहरु यसो चाँडपर्वका लागि गाउँ आउने त्यसपछि फेरि भारतमै जाने गर्दछन् । यहाँका अधिकाशं स्थानीय माघमा माघि चैत वैशाखमा वीसु र असोज कात्तिकमा दशै तिहार मनाउँन मात्र गाउँमा फर्किने गर्दछन् ।

हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् । खेती लगाउँ भने पनि गाउँमा प्रसस्त जमिन छ । तर त्यो जमिनमा खेती गर्नका लागि सिचाइ  सुविधा छैन् । यो अवस्थालाई यहाँका स्थानीय सरकारले मध्यनजर गरिदिएको भए स्थानीयले यसरी गाउँ छोडेर अर्कोको देशमा काम गर्न जानु पर्ने अवस्था हुने थिएन ।

यता भदौ असोजको समम गाउँमा प्रदेशीले भरिभराउ हुन्छन । त्यसपछि कात्तिक मङ्सिर लाग्छ सबै फेरि कामको खोजीमा भारत जान सुरु गर्छन् । प्रदेशीले केही दिन भरिभराउ भएका गाउँबस्ती फेरि खाली हुन्छन् ।

गाउँ बस्ती खाली हुने समस्या पहिलेको भन्दा अहिले बढी छ । पहिला बाढीपहिरोले खासै त्यति असर गर्दैन थियो । अहिले जिल्लाका अधिकाशं गाउँबस्ती पहिरोले तहस नहस पार्दै गएकोले अहिले यहाँका अधिकाशं गाउँ बस्ती रितिदै गएका हुन् । 

जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा नगरपालिका लगायतका अधिकाशं गाउँबस्ती अहिले खाली हुदै गएका छन् ।

यहाँका स्थानीयको आर्थिक अवस्था कम्जोर भएकै कारण उनीहरु धन कमाउनका लागि धमाधम भारतमा जान थालेपछि यती बेला यहाँका गाउँबस्ती खाली हुन थालेका हुन् ।

गाउँका युवाहरुलाई गाउँमै गरिखाने व्यवस्था मिलाउँनका लागि यहाँका स्थानीय ,प्रदेश र सङ्घीय सकारले समेत केही नगरेको उनीहरु बताउँछन् । यहाँका व्यरोजगार युवालाई गाउँमै रोजगारी दिने गरी स्थानीय सरकारले पहल कदमी गरेको भए  उनीहरुलाई जन्मभुमी भन्दा पनि प्यारो कर्मभुमी हुने थिएन ।

गाउँमा हुने गरेका विकास निर्माणका काममा पनि ठेक्का दिने र ठेकेदारले आफु अनुकुलका कामदार ल्याउने गरेकोले पनि धेरै युवाले गाउँमा काम  नपाउँने गरेका हुन् । 

गाउँमा भएका काममा पनि डोजरको प्रयोग गर्नु र त्यसमा पनि अन्य ठाउँ देखि सस्तोमा काम गर्ने कामदार ल्याउनुले पनि यहाँका युवाहरुले सधै व्यरोजगार हुनु परेको हो । प्रधानमन्त्री स्वरोजगारको कामबाहेक अरु युवालाई दनि सक्ने काम केही छैन् । त्यसमा पनि थोरैले काम पाउँछन् । गाउँमा धेरै हुन्छन् । 

काम थोरैले पाउँछन् । युवालाई  गाउँमा रोक्न सक्ने त्यस्तो खालको रोजागारीको व्यवस्था गर्न नसकेकाले पछिल्लो समय यहाँका धेरै युवाहरु कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गरेको बुढीगङ्गा नगरपालिका वडा नं –१ का वडाअध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

नेपालको २०७८ सालको जनगणनाअनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । त्यसै गरी यहाँको जनसङ्या एक लाख ३८ हजार ५२३ रहेको छ ।