• २८ कात्तिक २०८२, शुक्रबार

नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी एमालेमा समाहित

blog

नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी नेकपा (एमाले)मा समाहित हुने निर्णयपछि आयोजित पत्रकार सम्मेलन । तस्बिर : गोरखापत्र

कविराज घिमिरे 

हिले, कात्तिक २८ गते । नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटी नेकपा (एमाले)मा समाहित हुने निर्णय गरेको छ । 

शुक्रबार बसेको बैठकका बहुमत सदस्यले पार्टीलाई औपचारिक रूपमा नेकपा (एमाले) मा समाहित गर्ने निर्णय गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

पार्टीभित्र चलिरहेको लामो समयको छलफल, वाम पुनर्गठनका प्रयास र देशभर देखिएको राजनीतिक परिवर्तनका बीच जिल्ला कमिटी एकमतले समाहित गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष अर्जुन राईले जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले) धनकुटा इन्चार्ज राजेन्द्र राईले नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटिले सहि निर्णय गरेको बनाउनुभयो । 

पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईसहित नेकपा (एमाले) जिल्ला कमिटीसहितविभिन्न नेताको उपस्थीति रहेको थियो ।