• २८ कात्तिक २०८२, शुक्रबार

युद्धविराम सम्झौता अन्तर्गत १५ जना प्यालेस्टिनीको शव प्राप्त

blog

खानयुनिस, प्यालेस्टिनी क्षेत्र, कात्तिक २८ गते । दक्षिणी शहर खान युनिसस्थित गाजाको नासेर अस्पतालले शुक्रबार इजरायल र हमासबिचको युद्धविराम सम्झौता अन्तर्गत १५ जना प्यालेस्टिनीको शव प्राप्त गरेको जनाएको छ ।

अस्पतालले विज्ञप्तिमा, शरीर आदान-प्रदान सम्झौताको तेह्रौँ चरणमा १५ जना प्यालेस्टिनी शहीदको शव मेडिकल जाँचको लागि आइपुगेको जनाएको छ । यो सँगै प्राप्त शवको सङ्ख्या ३३० पुगेको छ । गत अक्टोबर-१० मा लागु भएको युद्धविरामको सुरुमा हमासले २० जना जीवित बन्धक र २८ जना मृत बन्दीको शव फिर्ता गरेको थियो ।

यो सँगै हमासले सबै जीवित बन्धकलाई रिहा गरेको छ भने युद्धविराम सर्त अनुरूप २५ मृत बन्धकको अवशेष फिर्ता गरेको छ । बदलामा, इजरायलले हिरासतमा रहेका लगभग दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ भने सयौं मृत प्यालेस्टिनीको शव फिर्ता गरेको छ ।

इजरायलले हमासलाई मृतक बन्धकको शव फिर्ता गर्न आफ्नो खुट्टा तान्ने आरोप लगाएको छ, भने प्यालेस्टिनी समूहले गाजाको भग्नावशेषमुनि गाडिएकाको खोजी प्रक्रियामा ढिलाई भएको जनाएको छ । रासस/एएफपी