शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शशिधर पराजुली
विराटनगर, कात्तिक २६ गते । कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त हुनुभइ आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई प्रदेशसभाको सचिव नियुक्त गर्नुभएको थियो । खड्काले केही समयअघि संघीय संसद सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिनुभएको थियो ।
प्रदेश सभाका सूचना अधिकारी निरज ढकालका अनुसार सभामुखको नियुक्ति सिफारिसपत्र लिएर खड्काले आज ३ बजे शपथ लिनुभयो । कोशी प्रदेशसभाका तत्कालीन सचिव गोपालप्रसाद पराजुलीले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।