• २५ कात्तिक २०८२, मङ्गलबार

सुनचाँदीसहित गौरीफन्टा नाकामा चारजना पक्राउ

blog

गौरीफन्टा नाकामा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको चार जना नेपाली ।

अविनाश चौधरी

धनगढी, कात्तिक २५ गते । भारतबाट सुनचाँदी चोरी गरेको आरोपमा चार नेपाली नेपाल–भारत सीमा नाका गौरीफन्टाबाट पक्राउ परेका छन् । नेपालतर्फ आउँदैगर्दा भारतीय सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कैलालीका ५६ वर्षीय खेमराज देवकोटा, ४७ वर्षीय जीवनकुमार थारु, सुर्खेतका ३७ वर्षीय भुवनसिंह चलाउने र बर्दियाका २५ वर्षीय दीपकबहादुर सिंह रहेका छन् । उनीहरुले भारतको महाराष्ट्रबाट सुनचाँदी चोरेर ल्याएको आरोप लागेको छ । उनीहरुको साथबाट ६१६.९ ग्राम सुन र ७८०.८ ग्राम चाँदी बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।  

महाराष्ट्रको क्राइम ब्रान्चबाट खटेको प्रहरी टोली र बिओपी गौरीफन्टा चेकपोष्टको टोलीले चारै जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि खिरी लगिएको छ । 

चोरीको आरोपमा गौरीफन्टा नाकाबाट नेपाली पक्राउ परेको सम्बन्धमा जानकारी नआएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुुमार सिंहले जानकारी दिनुभयो ।