• २४ कात्तिक २०८२, सोमबार

दुर्घटना घटाउन नम्बरप्लेट सुधार अभियान

blog

कपिलवस्तुको जमुवार पुलमा नम्बर प्लेट सुधार गरिदै । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), कात्तिक २४ गते । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी कार्यालय तौलिहवाले सवारी साधनहरुको नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । 

प्रहरी नायब निरीक्षक लिलबहादुर कुँवरको नेतृत्वमा पाँच जना ट्राफिक प्रहरीको टोली खटिइ बजार क्षेत्र, हुलाकी राजमार्ग तथा भित्री सडक खण्डमा विशेष अनुगमन गरिएको छ ।

अभियानका क्रममा नम्बरप्लेट अस्पष्ट, नपढिने वा मापदण्ड विपरीत रहेका १४ वटा सवारी साधन नियन्त्रणमा लिएर सुधार गराइएको छ । प्रहरी नायब निरीक्षक कुँवरका अनुसार “नम्बर प्लेट स्पष्ट र मापदण्डअनुसार भएमा सवारी साधनको पहिचान सहज हुन्छ । यसले सडक दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनमा प्रभावकारी सहयोग गर्ने अपेक्षा गरिएको छ” उहाँले भन्नुभयो ।  

स्थानीय बासिन्दा सुरेन्द्र चौधरीले भन्नुभयो, “ट्राफिक प्रहरीले यस्तो अभियान सञ्चालन गर्नु निकै राम्रो काम हो । यसले चालकलाई सावधान बनाउने र सडकमा शिस्त कायम गर्न मद्दत गर्छ ।” ट्राफिक प्रहरी कार्यालय तौलिहवाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दैआएको छ ।