• २३ कात्तिक २०८२, आइतबार

आठ वटुकको स्वास्थ्य बिमा

blog

मणिमुकुन्देश्वर गुरुकुलमा अध्ययनरत आवासिय आठ जना विद्यार्थीको स्वस्थ्य बिमा । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २३ गते ।
चापाकोट नगरपालिका वडा नं –८ ले मणिमुकुन्देश्वर गुरुकुलमा अध्ययनरत आवासिय आठ जना विद्यार्थीको स्वस्थ्य बिमा गरेको छ ।

यहाँ अध्यनरत जन्म दर्ता भएका र विवरण पुगेका वटुकको स्वास्थ्य सुरक्षाका लागि २८ हजार रुपियाँ बराबरको स्वास्थ्य बिमा वडाले प्रदान गरेको हो ।  

गुरुकुलमा बस्ने विद्यार्थीहरू विरामी परेपछि अस्पताल लैजान अभिभावक वा समितिका प्रतिनिधिहरू समयमै उपस्थित नहुने समस्या देखिएकाले वडाले वटुकको बिमा गरेको वडा अध्यक्ष टोपलाल (राजु) न्यौपानेले बताउनुभयो ।

वटुकको बिमा सुविधासँगै गुरुकुलका विद्यार्थीलाई उपचारमा सहज र छिटो हुने अपेक्षा गरिएको उहाले बताउनुभयो ।

विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता भएकोब ताउदै न्यौपानेलले अब कुनै बालक बिरामी परे पनि उपचारका कुनै ढिलाइ नहुने बताउनुभाये ।  

यो गुरुकुलमा २४ जना असाहारा, गरिब तथा कोही नभएका विद्यार्थी अध्यनरत रहेको बताउदै प्रमुख जिवन आचार्यले १० जनाको बिमा माग गरेकोमा दुई जनाको हुन नसकेको बताउनुभयो ।

वडाको यो सहयोगले गुरुकुलका विद्यार्थीहरूमा स्वास्थ्य सुरक्षा भएको र गुरुकुललाई सेवा, संस्कार र समर्पणको यात्रामा अझ अघि बढ्ने आचार्यले बताउनुभयो ।

२०६५ सालमा स्थापना भएको मणिमुकुन्देश्वर गुरुकुलले विगतदेखि नै आफ्ना वटुक बालकहरूलाई भोजन, आवास, अध्ययन सामग्री र उपचार सुविधा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।