• २२ कात्तिक २०८२, शनिबार

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

blog

किएभ(युक्रेन), कात्तिक २२ गते । रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै उर्जा क्षेत्र प्रभावित हुदा धेरै क्षेत्रमा बिजुली कटौती गरिएको किएभका अधिकारीहरूले शनिबार बताएका छन् ।  

पछिल्लो समयमा मस्कोले युक्रेनका ऊर्जा पूर्वाधार लक्षित आक्रमण बढाएकाले मुख्य इन्धन उत्पादन गर्ने प्राकृतिक ग्यास सुविधालाई क्षति पुर्याएको जनाइएको छ । विशेषज्ञले युक्रेनमा जाडो महिना अघि नै उर्जा जोखिम रहेको बताएका छन् ।

रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गरेको कारण, युक्रेनका धेरै क्षेत्रमा आपतकालीन बिजुली कटौती गरिएको “ऊर्जा मन्त्री स्विटलाना ग्रिन्चुकले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ । उहाँले “ऊर्जा प्रणालीको अवस्था स्थिर भएपछि विद्युत प्रवाह निरन्तर गर्नेसमेत बताउनु भएको छ ।    

उत्तरपूर्वी खार्किव र दक्षिणी ओडिसाका अधिकारीले ऊर्जा सुविधामा ड्रोन आक्रमण गरेको रिपोर्ट गरेसँगै युक्रेनमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । आपतकालीन सेवाका अनुसार पूर्वी सहर डिनिप्रोमा भएको ड्रोन आक्रमणले एउटा भवनमा क्षति पुग्दा एक महिलाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन् ।  

राजधानी किभमा नागरिक र सैन्य अधिकारीले मध्य पेचेस्र्की जिल्लाका दुई स्थानमा आक्रमणका कारण आगलागी भएको बताएका छन् । शुक्रबारको ड्रोनले आक्रमणले युक्रेनको दक्षिणी ओडिसाको ऊर्जा पूर्वाधारमा पनि प्रहार गरेको गभर्नर ओलेग किपरले टेलिग्राम मार्फत बताउनु भएको छ ।  

किभको स्कूल अफ इकोनोमिक्सले एक प्रतिवेदन मार्फत रूसी आक्रमणले युक्रेनको प्राकृतिक ग्यास उत्पादन आधा बन्द गरेको जनाएको छ । शुक्रबार दक्षिणी रूसको भोल्गोग्राड क्षेत्रको ऊर्जा पूर्वाधारमा भएको ड्रोन आक्रमणले त्यस क्षेत्रमा पनि बिजुली कटौती गरेको गभर्नर आन्द्रेई बोचारोभले टेलिग्राम मार्फत जनाउनु भएको छ । रासस/एएफपी