शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिष्णुप्रसाद पोखरेल
दमक, कात्तिक २२ गते । झापाको मेचीनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । शनिबार बिहान करेन्ट लागेर मेचीनगर-४, बाहुनडाँगी बस्ने ५५ वर्षीय विकास प्रधानको ज्यान गएको हो ।
हात्ती रोकथामका लागि आफ्नै माछा पोखरीमा लगाएको फेन्सिङ तारबाट विद्युत जडान गरी पोखरीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा प्रधान गम्भिर घाइते बन्नु भएको र उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो ।
अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले प्रधानलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । करेन्ट लागेर छेउमा चर्दै गरेको गाईको पनि मृत्यु भएको छ ।