• २१ कात्तिक २०८२, शुक्रबार

आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै बजार बन्द

blog

राजविराज बजार बन्द । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), कात्तिक २१ गते ।
 जिल्लावासीले आन्तरिक राजस्व कार्यालय राजविराजमा स्थापनाको माग गर्दै शुक्रबार राजविराज बजार बन्द गरेको छ । करदाता सेवा केन्द्र सार्ने सरकारको निर्णयविरूद्ध सप्तरी उद्योग वाणिज्य संघले आपत्ति जनाउँदै आज बजार बन्द गराएको हो ।

७२ हजारभन्दा बढि करदाता रहेको सप्तरीबाट कात्तिक १७ गतेको मन्त्री परिषद्को बैठकबाट राजविराजमा रहेको करदाता सेवा कार्यालय अन्यत्र सार्ने निर्णयको विरोधमा आज बजार बन्द गरेर शनिबार आन्दोलनको थप कार्यक्रमहरू तय गर्ने उद्योग बाणिज्य संघका महासचिव अमृत संचेतीले जनकारी दिनुभयो ।

करदाता सेवा कार्यालय सार्ने विरोधमा स्थानीय उद्योगी व्यापारीहरूले बिहीबार साझ स्थानीय गजेन्द्र चौकमा टायर बालेर प्रदर्शन गरेका थिए । सरकारले तत्काल सार्ने निर्णय तत्काल नसच्याए जिल्ला पूर्ण रूपेन ठप्प पार्ने उद्योग व्यवसायिहरूले चेतावनी समेत दिएका छन् ।

यश अघि बिहीबारै उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद काबराको नेतृत्वमा उद्योगी व्यवसायीले करदाता सेवा कार्यालय राजविराजबाट सार्ने निर्णयविरूद्ध जिल्ला प्रशासन सप्तरीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।

२०७५ सालमा राजविराजमा करदाता सेवा कार्यालय स्थापना भई सञ्चालनमा आएको थियोे । करदाता सेवा कार्यालयको तथ्याङ्क अनुसार ६६ हजार पाँच सय ६१ सक्रिय करदाता रहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले ८७ करोड २७ लाख रूपियाँ राजस्व सङ्कलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतभन्दा बढि रहेको थियोे । आ व २०८१/०८२ मा करिब ७७ करोड राजस्व सङ्कलन गरेको थियोे । चालु आ. व. २०८२/०८३ मन एक अर्ब १४ करोड रूपियाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोछ ।