शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                केदार तिमल्सिना
बनेपा, कात्तिक १४ गते । बिहीबारदेखि परेको अविरल वर्षासँगै बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध भएको जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले वर्षासँगै राजमार्गको विभिन्न स्थानमा आएको आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताउनुभयो । राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रुपमा सडक अवरोध भएको छ ।
 प्रहरी नायब उपरीक्षक बिष्टले अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने जानकारी दिनुभयो । 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                