शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, कात्तिक १३ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड बिहीबार बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घिउखोलाको उकालोमा सिमसिम परेको पानीले बाटो चिप्लो भइ गाडी उक्लिन नसक्दा गाडी एकतर्फी सञ्चालन भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।
साथै यो खण्डमा बाटो विस्तारको काम पनि भइरहेकाले बिहान ७ः३० बजेदेखि थप समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । जिल्लाभर बिहानैदेखि सिमसिम पानी परिरहेको छ ।
बाटो हिलो र चिप्लो हुँदा उकालो बाटोमा मालबाहक सवारी साधन गुड्न नसकेको नेपालले बताउनुभयो । बाटो विस्तार भइसकेकाले नारायणघाट–बुटबल सडक खण्डको दाउन्ने बाहेकको अन्यत्र भने यात्रा सहज रहेको प्रहरीले जनाएको छ ।