शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ , कात्तिक १० गते । ‘बेली चमेली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, विनोद ढकालको ¥याप तथा निशाद चन्द्राको सङ्गीत संयोजन रहेको छ । गीतको मिक्स–मास्टरिङ बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गर्नुभएको हो ।
गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको अभिनय रहेको छ । उहाँलाई राज टाइगर, विन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिनुभएको छ ।
कविराज गहतराजको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पललाई एउटा फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ श्वेताले उहाँको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कौतूहलता जगाउँछ । सुरेश जोशी प्रस्तुतकर्ता रहनुभएको गीतको भिडियोमा सुदीप बरालको छायाङ्कन, बन्देप्रसादको सम्पादन र रेनिस फागोको कलर रहेको छ ।