शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ९ गते । बङ्गलादेशमा जारी काभा नेसन्स कप भलिबलमा नेपालको फाइनल पुग्ने सम्भावना सकिएको छ ।
ढाकास्थित इन्डोर हालमा आइतबार भएको खेलमा अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपालको सम्भावना सकिएको हो ।
अफगानिस्तानले नेपालमाथि २५–१८, २५–१७, २५–२१ को जित निकालेको हो । जारी प्रतियोगिातमा नेपालको यो चार खेलमा तेस्रो हार हो । नेपाल यसअघि तुर्कमेनिस्तानसँग ३–० र बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । नेपालले माल्दिभ्सलाई भने ३–० को सेटमा हराएको थियो ।
जितसँगै अफगानिस्तान चार खेलबाट सात अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अङ्क बनाएको नेपाल चौथो स्थानमा छ । प्रतियोगितामा नेपालसहित ६ टोलीको सहभागिता रहको छ । शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुने छ ।