• १५ असार २०८१, शनिबार

मोटरसाइकलले साइकललाई ठक्कर दिदा २ जनाको मृत्यु

blog

घोराही, असार १७ गते । दाङमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाईते भएका छन् । बिहीबार बेलुकी पौने ९ बजेतिर घोराही उपमहानगरपालिका–७ बेसाही नजिकै सौडियारतिरबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २२९२२ नम्बरको मोटरसाईकलले साइकललाई ठक्कर दिँदा  २ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–१५ निवासी ३५ वर्षीय गंगाबहादुर कुवँर र साईकलमा सवार घोराही–७ निवासी १६ वर्षीय रितेश केसी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते कुवँर र केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक प्रहरी प्रमुखले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनेमा मोटरसाईकलमा सवार घोराही–७ निवासी ३७ बर्षीया बसन्त चौधरी र साईकलयात्री सोही ठाउँ निवासी १५ बर्षीया विनोद भण्डारी रहेका छन् । गम्भीर घाईतेहरुको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

ट्राफिक प्रहरीका अनुसार मोटरसाईकल तीव्र गतिका कारण अनियन्त्रित भई साइकलमा ठोक्किन पुगेको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले बताउनुभएको छ ।