काठमाडौँ, असोज २३ गते । मलेसियामा भएको विश्व कराते सिरिज–१ मा स्वर्ण पदक विजेता एरिका गुरुङलगायत खेलाडी टोलीलाई स्वागत गरिएको छ ।
मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता एरिकाले ६८ केजीमाथि स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम मास्कनीलाई २–० ले हराउँदै स्वर्ण जित्नुभएको हो ।
बुधबार राति स्वदेश फर्कनुभएकी एरिकालगायत टोलीलाई नेपाल कराते महासङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेर भव्य स्वागत गरेका हुन् ।
एरिकाले रिज–१ को प्रिक्वाटरफाइनलमा पोर्चुगलकी लोरेनजो हेलना, क्वाटरफाइनलमा जर्मनीकी रोहलमान चार्लोट र सेमिफाइनलमा चेक गणतन्त्रकी हकोभा अमाल्जीलाई पराजित गर्नुभएको थियो ।
हिमालयन वारियर नामले प्रख्यात एरिका १९औँ एसियाली खेलकुदमा रजत पदक जितेर चर्चामा आउनुभएको थियो । त्यसपछि उहाँले २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा रजत जितेर इतिहास बनाउनुभयो ।