• २३ असोज २०८२, बिहिबार

कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा अनुपस्थित

blog

कांग्रेस पदाधिकारी बैठकमा सहभागी नेताहरू । तस्बिर : कविन अधिकारी\गोरखापत्र

ललितपुर, असोज २३ गते । नेपाली कांग्रेसको पदाधिकार तथा पूर्व पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । 

भदौ २४ गते सभापति देउवामाथि कुटपिट हुनुका साथै बूढानीलकण्ठमा रहेको उहाँको निवासमा आगजनी गरिएपछि उहाँ सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन । 

सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय २०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगजनी भएपछि पार्टी कार्यालयमा बसेको यो पहिलो बैठक हो । जलेको भवनको एउटा कोठामा मर्मत गरी रङरोगन लगाएपछि बैठक बसेको जानकारी दिइएको छ । 

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू सहभागी हुनुहुन्छ । 

कांग्रेसको यो पदाधिकारी बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिका बैठकका लागि विषयहरू चयन गर्नेछ । भदौ २३ र २४ गतेको आन्दोलनबाट सत्ताबाट बाहिर रहेको कांग्रेसले अब कसरी जाने भन्ने दृष्टिकोण तयार गर्ने जानकारी एक नेताले दिएका छन् ।