अर्जुन काफ्ले
स्याङ्जा, असोज २३ गते । भीरकोट नगरपालिका –१ प्रगतिटोलमा धारिलो हतियार प्रहार हुँदा एक जना घाइते भएका छन् ।यहाँको भीरकोट भिल्ला होटलमा धारिलो हतियार प्रहारबाट वालिङ नगरपालिका –१४ का सुवर्ण लुइँटेल गम्भीर घाइते हुनुभएको हो ।
घाइते लुइँटेललाई तत्काल प्राथमिक उपचार गरी थप उपचार चरक मेमोरियल हस्पिटल पोखरा भइरहेको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा भीरकोट –१ का अनिल गुरुङले लुइँटेललाई धारिलो हतियारले आक्रमण गरेको पुष्टि भएको बताउनुभयो । प्रहरीले आक्रमण गरी भागेका गुरुङलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको न्यौपानेले बताउनुभयो ।