• २३ असोज २०८२, बिहिबार

महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुराविरुद्ध उजुरी

blog

मृतक केसिला यादव । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), असोज २३ गते ।
सप्तरीको बलान बिहुल गाउँपालिका २ ओद्राहामा बुधबार एक महिलाको शङ्कास्पद मृत्युु भएको छ । आफ्नै सुत्ने कोठामा २० वर्षीया केसिला कुमारी यादव झुन्डिको अवस्थामा फेला पर्नुभएको थियो ।

झुन्डिएको अवस्थामा शव भेटिए पनि खुट्टा ओछ्यानमा छोएको र शरिरमा निलडाम देखिएपछि मृतकका बुुवा राजकुमार यादवले हत्या गरिएको आशङ्कामा घटनाबारे अनुसन्धान गरिपाउँ भनि इलाका प्रहरी कार्यालय कडोरवानामा मृतकका पति खगेन्द्र र ससुरा मदन यादवविरूद्ध जाहेरी दिनुभएको छ ।

केसिलाको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कडरोवनाका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिनुभयो ।

अहिलेसम्म पोर्टमाटमको रिपोर्ट आइनसकेकाले कानुनी प्रक्रियामा अगाडि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डम्बर पुरीले जानकारी दिनुभयो । पोष्टर्माटमको रिपोर्ट अनुसार तत्कालै कानुनी प्रक्रिया अगाडि बढाइने छ ।

विवाहमा दस लाख नगद, आधा तोला सुन, फर्निचरको सामान गरी १३ लाख बराबरको दाइजो दिए पनि छोरीको हत्या गरिएकाले न्यायका लागि पहल गरिदिन राजकुमारले आग्रह गर्नुभएको छ । झुन्डिएको अवस्थामा मृत्युु भएको खबर छिमेकीले पाएपछि घटनाको रहस्य खुलेको स्थानीयको भनाइ छ ।