• २३ असोज २०८२, बिहिबार

फरार अभियुक्त जाजरकोट प्रहरीद्वारा पक्राउ

blog

सहदेव बस्नेत
जाजरकोट, असोज २३ गते ।
जाजरकोट प्रहरीले जिल्लामा फरार अभियुक्तहरुलाई पक्राउ गर्ने कार्यलाई व्यापक रुपमा अगाडि बढाएको छ । बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेर ल्याएको छ ।

जाजरकोटको जुनीचाँदी गाउँपालिका–५ का रेशमबहादुर बस्नेत बाँकेको कोहलपुरबाट पक्राउ परेका प्रहरीले जनाएको छ । जिल्ला अदालत जाजरकोटको लगत नम्बर ३२५ मा उच्च अदालत सुर्खेतले बस्नेतलाई १२ वर्ष कैद र एक हजार आठ सय रुपियाँ जरिवानाको फैसला सुनाएको थियो । बस्नेत बाँकेको बैजनाथ गाउँपालिका–२ बाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, औषधीको अनुचित मुद्दामा फरार अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी बसन्त कुमार शर्माले जिल्ला अदालतबाट २७ दिन कैद र पाँच हजार रुपियाँ जरीवाना फैसला भई फरार रहेका भेरी नगरपालिका ३ का सुरज भन्ने भुगोल जंग शाहलाई पक्राउ गरि अदालतको आदेसले कारागार पठाइएको जानकारी दिनुभयो ।