लक्ष्मी चौधरी
जनकपुरधाम, असोज २२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बुधबार जनमत पार्टीका नेता तथा मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले औपचारिक निर्णय गर्दै जनमत नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको हो ।
यसअघि जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहलाई पार्टीमा फिर्ता बोलाउँदै स्पष्टीकरण सोधेको थियो । पार्टीले स्पष्टीकरण नदिए कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।
मुख्यमन्त्री सिंहले गत भदौमा ‘जेनजी आन्दोलन’ का क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे पनि पछि पुनः पदमा यथावत् रहनुभयो । त्यसयता पार्टीभित्र असन्तुष्टि बढ्दैगएको थियो । सिंहलाई आफ्नै पार्टी जनमतले समर्थन नदिएपछि नेपाली कांग्रेसले पनि अघिल्लो हप्तामै आफ्नो समर्थन फिर्ता लिएको थियो ।
यता प्रदेश प्रमुख कार्यालयका अनुसार एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताबारे आधिकारिक पत्र इमेलमार्फत पठाएको छ ।