• २१ असोज २०८२, मङ्गलबार

प्राधिकरण परिषद् बैठक आज

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २१ गते । बाढीपहिरोबाट भएको जनधनको क्षति, खोजी, उद्धार, राहत र पुनस्र्थापनाका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण परिषद् बैठक मङ्गलबार बस्ने भएको छ । प्रधानमन्त्री एवं प्राधिकरण परिषद् अध्यक्ष सुशीला कार्कीले भदौ १७ गतेदेखि सुरु भएको मुसलधारे वर्षासँगै आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति र तत्काल गर्नुपर्ने कामबारे निर्णय लिनका लागि बैठक आह्वान गर्नुभएको हो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बाढी र पहिरोबाट घरबासविहीन भएका नागरिकलाई आवास सुविधा उपलब्ध गराउने, पहिरो तथा बाढीमा परी बेपत्ता भएकाको खोजी गर्ने तथा मृतक र घाइतेलाई राहत दिनेसहितका विषयमा बैठकमा छलफल हुने बताउनुभयो ।