• १५ असार २०८१, शनिबार

राज्यमन्त्री वलीले दिनुभयो पदबाट राजीनामा

blog

छविलाल पाण्डे

बुटवल, असार १५ गते । लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदवाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाउनु भएको लुम्विनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताउनुभयो ।  

राज्यमन्त्री वलीले गएको जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँको श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि प्रदेश सरकारले छानवीन समिति गठन गरेर घटनाको अध्ययन गरिरहेको छ । 

लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठन भएको छानवीन समितिले केही दिनअघि दाङ गएर घटनाको विषयमा छानवीन गरेर फर्केको थियो । 

छानवीन समितिले प्रतिवेदन दिने तयारी गर्दैगर्दा वलीको राजिनामा आएको छ । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा उहाँका श्रीमति र छोरीमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर बुटवल पठाएको थियो । बुटवलमा राज्यमन्त्री वलीको मधुमेह र उच्च रक्तचाप बढेपछि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । पछि उहाँ डिस्चार्ज भएपछि दाङ फर्किनुभएको थियो ।