• २७ वैशाख २०८१, बिहिबार

प्रधानाध्यापक मुहम्मदविरुद्ध मुद्दा दायर

blog

काठमाडौं, असार १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीशंकर माध्यमिक विद्यालय थपवा, बाँकेका प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध मंगलबार बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले निज मुहम्मदले विद्यालयलाई छात्रवृत्ति र कम्प्युटर खरिदका लागि प्राप्त भएको ३ लाख २ हजार १९७ रुपियाँ (तीन लाख दुई हजार एक सय सन्तानब्बे रुपियाँ) हिनामिना गरेको हठर गर्दै अदालतमा आरोपपत्र दायर गरेको हो । 

अख्तियारले निजमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए अनुसार ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा १(घ) बमोजिम कैद सजाय हुन तथा हानिनोक्सानी भएको रकम ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर गर्न समेत मागदाबी गरको छ । 

यसैगरी अख्तियारले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकावडानं ४ मटेरिया गाएँको मुख्य सडकको पीसीसी निर्माण गर्दा सम्झौता अनुसार नगरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इञ्जिनीयर लवकुश चाई र सब इञ्जिनियर सन्तोष भुसालले २ लाख ६१ हजार ८५५ रुपियाँ ९० पैसा भष्ट्राचार गरेको ठहरगरी मंगलबार बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सोही सडक ढलान गर्ने उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दले फिल्डमा भएको कम कामको बढी मूल्याङ्‍कन गराई सम्झौता विपरीत कार्य गरी भुक्तानी प्राप्त गरेको पनि ठहर गरेको छ । अख्तियारले निजहरुविरुद्ध सम्झौता अनुसार काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा छानबिन गरेको थियो ।

निजहरुले आफूहरुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियारल भष्ट्राचार निवारण ऐन, २०४९ को दफा ८ उपदफा (४) बमोजिम कसुर गरेकोले निजहरु उपर बिगो बमोजिम रकम असुल गर्न र कानुन बमोजिम सजाय गरी पाउने मागदाबी गरिएको छ ।