• १३ असोज २०८१, आइतबार

बागमती प्रदेश महिला भलिबल मङ्गलबारदेखि

blog

महिला भलिबल प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, असार १३ गते । बागमती प्रदेश न्यू डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि कीर्तिपुरमा हुने भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा आयोजक नैकापको न्यू डायमन्ड क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र परोपकार आदर्श माध्यमिक विद्यालय काठमाडौं गरी चार टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक कुमार राईले जानकारी दिनुभयो ।

राउन्ड रोविन लिगमा आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रायोजनमा सञ्चान हुने प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । 

यसैगरी  उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले क लाख २५ हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।