• १० भदौ २०८२, मङ्गलबार

बेवारिसे अवस्थामा शव फेला

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), भदौ १० गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा वेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित विश्वकर्मा चौकनजिक कोशीपश्चिमी सिँचाइ नहरको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

सोमबार साँझ ६ बजेतिर नहरमा नाम ठेगाना नखुलेको, पहिचान गर्न नसकिएको, महिलाको जस्तो देखिने वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरमा जानकारी गराएका थिए । शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।