• ५ भदौ २०८२, बिहिबार

खोलाले बगाउँदा बालिकाको मृत्यु

blog

शिवराज ढुङ्गाना 
अछाम, भदौ ५ गते ।
उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउदकी ७ वर्षीया छोरी कृति साउदको मृत्यु भएको हो ।

मामा घर साँफेबगर नगरपालिका–१३ बाब्लाबाट उपचार गरेर सोही वडाको बुढाबगर बजारबाट फर्किने क्रममो साँघुरोबाटबाट इकडी खोलामा खसेपछि बगेर मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । इकडी खोलाले बगाएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा तीन किलोमिटर तल मृत अवस्थामा भेटिएको बताइएको छ ।