• ३ भदौ २०८२, मङ्गलबार

राष्ट्रियसभा बैठक सुरु (प्रत्यक्ष प्रशारण)

blog

फाइल तस्बिर ।

काठमाडाैं, भदाै ३ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा मंगलबार दिउँसो १:१५ बजेबाट सुरु भएको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले "सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्" भन्ने प्रस्ताव पारित गर्नुहुनेछ । 

यसैगरी, सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ । 

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा पेश गर्नुहुनेछ ।