विष्णुप्रसाद पोखरेल
दमक, भदौ ३ गते । दमकमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मङ्गलबार बिहान दमकको पशुहाटको डाँडामा पूर्व पश्चिम राजमार्गमा प्र १–०२–००२ ख०९१२ न. को बन्दाकोपी बोकेको मालवाहक ट्रकले प्र १–०१–०१२ प ९३१२ न. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्कबाट मोटरसाइकलको पछाडि सवार ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसैगरी उहाँका श्रीमान ४३ वर्षीय सुकदेव गौतम गम्भीर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राम तिम्सिनाले बताउनुभयो ।
गौतमको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेको स्थानीय दमक अस्पतालमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।