• ११ भदौ २०८२, बुधबार

पहिरोले धादिङबेँसी मलेखु सडक अवरुद्ध

blog

साङ्केतिक तस्बिर

धादिङ, साउन ३१ गते। जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका–८, साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनेको हो। अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ। अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो।

पहिरोसँगै ढुङ्गा र रुख सडकमा खसेकाले तत्काल आवागमन खुलाउन समस्या देखिएको उहाँले बताउनुभयो।

धादिङबेँसी नजिक केही वर्ष अघिदेखि पहिरो खस्दै आएको भए पनि नियन्त्रणको प्रयास भएको छैन। हाल जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरिएको छ। रासस