• १२ भदौ २०८२, बिहिबार

निकुञ्ज सडक छेउछाउको झाडी सफा गरिँदै

blog

भरतपुरबाट माडी जाने निकुञ्जभित्रको सडक । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता 

चितवन, साउन ३१ गते । चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो भएर भरतपुरबाट माडी जाने सडक छेउछाउको झाडी सफाइको काम सुरु भएको छ । सडक छेउछाउमा जनावर लुकेर बस्ने भएकाले यात्रुको सुरक्षालाई दृष्टिगत गर्दै सडक वारिपारिको झाडी फँडानी गर्ने काम हुन थालेको हो । 

बर्खाको बेला सडक छेउछाउमा झाडी बढ्दै जाने र वन्यजन्तु लुकेर बस्न सक्ने भएकाले दुर्घटना हुने सम्भावना बढेकाले डिभिजन सडक कार्यालयले सडकको दायाँबायाँ झाडी फँडानी गर्न सुरु गरेको छ । निकुञ्जको कसरा चोकदेखि रिउखोलासम्मको क्षेत्रमा झाडी सफाइको काम हुने भएको छ । 

निकुञ्जभित्रका जनावरलाई असर नपर्ने गरी झाडी फाँड्नका लागि अनुमति दिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अभिनाश थापामगरले जानकारी दिनुभयो । सडकछेउमा जनावर लुकेर बस्ने र यात्रुलाई आव्रmमण गर्न सक्ने, एक्कासि दौडेर आउँदा दुर्घटना हुने जोखिम भएकाले फँडानी गर्न थालिएको उहाँले बताउनुभयो ।