• ८ भदौ २०८२, आइतबार

रुद्रवेणी–वामी सडक अवरुद्ध

blog

अवरुद्ध सत्यवती गाउँपालिका–६, डहरो खोला । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, साउन २८ गते । कालीगण्डकी काेरिडोर र रुद्रवेणी–वामी सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कालीगण्डकी वडा–२, राक्से र रुद्रवेणी–वामी सडकको सत्यवति गाउँपालिका–६, डहरेमा खोलाको सतह बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । 

करिडोरमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । गुल्मेलीले जिल्लाका मुख्य सडक पटक–पटक अवरुद्ध हुँदा धेरै पटक सास्ती खेपेको जनाएका छन् । जिल्लामा मुख्य सडक एक वर्षमा सुख्खा ११ र वर्षाका कारण पहिरो जाँदा ५० गरेर ६१ पटक अवरुद्ध भएको स्थानीयको भनाइ छ । 

काेरिडोरपछि धेरै पटक अवरुद्ध हुने सडक रिडी–रुद्रवेणी–वामी सडक मानिन्छ । सत्यवती गाउँपालिका–६,  डहरेमा पानीको बहाब बढ्न बित्तिकैै अवरुद्ध हुने गरेको छ ।