काठमाडौँ, साउन २८ गते । नेपाल सरकारका सहसचिव मनमाया पङ्गेनीको नयाँ तिज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । पङ्गेनीकै शब्दमा तयार भएको उक्त गीतमा दीपकराज विश्वकर्माले सङ्गीत दिनुभएको छ ।
गीतको भिडियोमा मनमाया पङ्गेनी र शिव पङ्गेनीको अभिनय छ । गाउँदेखि सहरसम्मको परिवेशमा प्रस्तुत गरिएको तिजको गीत मनमाया पङ्गेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।