• १६ भदौ २०८२, सोमबार

सवारी दुर्घटनामा ज्यान गुमाएका दम्पत्तिको एउटै चितामा अन्त्येष्टि

blog

मृतक दम्पत्ति । तस्बिर : सुधा देव

सुधा देव
भारदह (सप्तरी), साउन २८ गते ।
सवारी दुर्घटनामा ज्यान गुमाएका दम्पत्तिको एउटै चितामा अन्त्येष्टि गरिएको छ । उपचारका लागि विराटनगर जाने क्रममा जिल्लाको तिरहुत गाउँपालिका–३ गोइठीका ६० वर्षीय सेवा निवृत्त अमिन जिवछ महात्मा र उनकी ५२ वर्षीया श्रीमती अनारदेवी यादवको मृत्यु भएपछि मङ्गलबार एउटै चितामा अन्त्येष्टि गरिएको परिवारको सदस्य शुशिला यादवले जानकारी दिनुभएको छ ।

राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विंगर र काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस सोमबार एक आपसमा ठोक्किँएर दुर्घटना भएको थियोे ।

दुर्घटनामा परी श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियोे भने उपचारको क्रममा अस्पतालमा सोही दिन श्रीमानको मृत्यु भएको थियोे ।

दुर्घटनामा महादेवा गाउँपालिका– ६ का ३५ वर्षीय शंकर मण्डल, विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव, सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदा गरी पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।