काठमाडौँ, साउन २८ गते । चलचित्र ‘कश्यप’ मा टिकटक स्टार आभा ढुङ्गाना अभिनेत्रीका रूपमा अनुबन्धित हुनुभएको छ । निर्देशक दिनेशजी खड्काका अनुसार कथाको माग अनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो । आभाको प्रतिभालाई ध्यानमा राखी ‘स्क्रिन–टेस्ट’ गरेरै फाइनल गरिएको हो ।
आभाले चलचित्रका लागि एक्सन दृश्यको विशेष प्रशिक्षण लिइरहनुभएको छ । यसले उहाँको भूमिका थप दमदार र यथार्थपरक बनाउने अपेक्षा गरिएको छ । यसै गरी चलचित्रमार्फत बालकलाकार ऋद्धि खत्री पनि नेपाली रजतपटमा पदार्पण गर्नुहुने छ । अडिसनमार्फत छानिएकी ऋद्धिले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’ को महत्वपूर्ण पात्रमा अवसर पाउनुभएको हो ।