शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लेख्दै गर तिम्रो पनि माग हुन सक्छ
हर ओठमा तिम्रै गजलको राग हुन सक्छ
आँखाबाट आँसु झर्नु अनि एक्लै मुस्कुराउनु
प्रेमको त्यो स्यानो यौटा त्याग हुन सक्छ
ओल्टाई पल्टाई नहेर त्यसरी मेरा सिरानीहरू
तिम्रै यादमा रुँदा रुँदा बनेका दाग हुन सक्छ
धेरै धेरै गर्दै जाँदा थोरै थोरै बिग्रियो, अनि
दुनियाँ भन्छ सञ्जिता त्यो तेरै भाग हुन सक्छ