• ७ जेठ २०८१, सोमबार

प्रधान सेनापति शर्माद्वारा लेवनानमा मिसन मुख्यालयको भ्रमण

blog

लेवनान भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्मा युनिफिल मिसनको निरिक्षण गर्दै । तस्बिर : जङ्गी अड्डा

काठमाडौं, असार ६ गते । लेवनान भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्मा लगायतको भ्रमणदलले सोमबार युनिफिल मिसन लेवनानमा तैनाथ नेपबाट मुख्यालको निरिक्षण भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा शर्माले मुख्यालयमा कार्यरत नेपाली शान्ति सैनिकलाई सम्वोधन गर्नुका साथै शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पुर्‍याउन सफल दुई जना नेपाली सैनिक र तीन जना लेवनानी नागरिकलाई कदर स्वरुप ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको थियो ।

शर्मासहितको टोलीले सामेबारनै युनिफिल फोर्स मुख्यालय नाक्योराको भ्रमण गर्नुका साथै मुख्यालयका कमान्डर मेजर जनरल अरोल्डो लाजारो सइन्जसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो ।