• ७ जेठ २०८१, सोमबार

महिला हिंसाको प्रमुख कारण अशिक्षा : मन्त्री सिंह

blog

धर्बेन्द्र झा  

धनुषा, असार ६ गते । मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्रप्रसाद सिंहले अशिक्षा नै महिला हिंसाको मुख्य कारक रहेकोले प्रदेश सरकार शिक्षालाई प्राथमिकतामा राखेर कामकाज अगाडि बढाएको बताउनुभएको छ । 

राष्ट्रिय महिला आयोगले मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमबार नेपाल पक्ष रहेका महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय सिडसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले सो धारणा राख्नुभयो । 

महिला शिक्षित भएमा महिला हिंसाका घटनामा कमी आउने दावी गर्दै मन्त्री सिंहले त्यसका लागि प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाउ बेटी बचाउ अभियान लाई सफल पार्न आवश्यक रहेको बताउनुभयो ।  

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वालवालिकाको शिक्षाका सवालमा विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि बालिकाको शिक्षामा अझै पनि संर्घष गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । यसकालागि साँस्कृतिक क्रान्ति आवश्यक भएको धारणा उहाँले राख्नुभयो । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशको आठवटै जिल्लाबाट विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय महिला आयोगको अधिकार क्षेत्र र हालसम्म आयोगले गरेका कामकाजको विषयमा प्रस्तुती गरिएको थियो ।