• २ साउन २०८२, शुक्रबार

हरियो चुरा, पोतेले रङ्गियो बजार (फोटो फिचर)

blog

काठमाडौँको इन्द्रचोकमा चुरा, पोतेलगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक । तस्बिर : केशब गुरुङ

काठमाडौँ, साउन १ गते ।  साउन महिनामा विशेषगरी हिन्दु धर्मावलम्बी महिलाले हरियो चुरा, पोते, हातमा मेहेन्दी लगाउने परम्परा रहेको छ । साउन महिनालाई विभिन्न रङ समायोजनको महिना पनि भनिन्छ । 

साउनमा अधिकांश महिला हातमा मेहन्दी  र रातो, हरियो, पँहेलो पोते तथा चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ । साउन लागेसँगै बजारमा हरियो चुरा, पोते र हातमा मेहन्दी लगाउनेको बजारमा यस्तो दृश्य देख्न सकिन्छ। 

साउन महिना देवताका पनि देवता महादेव शिवको महिनाका रूपमा लिइन्छ । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यस अवधिलाई विशेष रूपमा लिइन्छ। साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवम् कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्यको एवम् पहेँलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ । 

चुरा पोते र कपडासँगै साउन महिनामा हातभर मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। नेपालमा पोते जापान, चिन, ब्राजिल लगायतका देशबाट आउने गरेको व्यापरी बताउछन् । 

\


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।